“चों अर्थात् भाउजू-बुहारी”

पछिल्लो समयमा गुरुङ समुदायबीच आप\mनो भाषामा चलचित्र निर्माण गर्ने लहर निकै बढेको छ। स्थानीय प्रविधि र कलाकारलाई साथ लिएर बनाइएका यस्ता चलचित्रले राम्रो व्यापार पनि गरेका छन्। त्यस्तै एउटा चलचित्र हो- चों अर्थात् भाउजू-बुहारी। गुरुङ भाषा र संस्कृतिमा आधारित यस चलचित्रले देशभित्र र बाहिर राम्रो व्यापार गर्न सफल भएको छ। अभियान फिल्म प्रोडक्सन, पोखराको चौथो प्रस्तुतिका रुपमा रहेको यस चलचित्रमा परिवारभित्र भाउजू-बुहारीलाई गरिने व्यवहारलाई र्छलंग उतारिएको छ। मुख्य बसोबास क्षेत्र गण्डकी प्रदेश भएका गुरुङ जातिका गौरवमय निधिलाई टपक्क टिपेर तयार पारिएको यो चलचित्र हर्ेदा कुनै गुरुङ गाउँको वृत्तचित्र हेरेजस्तो लाग्छ ।
घाँस काट्न निस्केका युवतीहरुले ढुंगामा हँसिया उधाएको, गाउँले युवकले हलो जोतेको, ढिकी-जाँतो गरेको, गोबरघस्यौटा गरेका दृश्यले गाउँले जनजीवनलाई सजीवरुपमा चित्रण गरेको पाइन्छ ।
गाउँका बलिया-बांगा तन्नेरीहरुले तँछाडमछाड गरी छेलो हानेको, बूढापाका व्यक्तिले बाँसको चित्रा बुनेको, आमाहरुले ऊन कातेको एवम् छोरीचेली सोलीभरि कोसेली र पुङभरि रक्सी बोकेर माइततिर लागेको दृश्यले शहरको भीडमा हराएको व्यक्तिलाई पनि गाउँको मनोरम वातावरणमा पुर्याउँछ ।
गुरुङ चलचित्रका चर्चित नायक श्याम गुरुङ र नायिका नवीना गुरुङलाई जेठा छोराबुहारी तथा बलबहादुर गुरुङ र सविना गुरुङलाई कान्छा छोराबुहारीको रुपमा प्रस्तुत गरिएको छ । आप\mनो परिवारभन्दा उपल्लो स्तरको केटीसँग विवाह गर्दा सिंगो परिवारले कस्तो पीडा खेप्नर्ुपर्छ भन्ने कुरालाई चलचित्रमा देखाइएको छ । त्यति मात्र होइन, जेठा छोराबुहारीले घरमा स्वतः समाल्नुपर्ने गहन जिम्मेवारी र धर्ैयलाई पनि पर्दामा उतारिएको छ। गुरुङ समुदायका युवकयुवतीबीच हुने खुलेआम मायाप्रीति, रहनसहन र सामूहिकताको भावनाले ओतप्रोत भएको हुरी गर्ने परम्परागत प्रथालाई पनि चलचित्रले प्रतिविम्बित गरेको छ ।
गुरुङ संस्कृतिका अतिरिक्त आमाबाबु र दाजुहरुको ओजिलो माया र साथीसंगीबीच हर्ुर्किएकी छोरीले अरुको घरमा बिहे गरी जाँदा भोग्नुपर्ने उथलपुथलपर्ूण्ा जीवन कथा समावेश गरिएको छ। चलचित्रको पर्दामा यस्तो उथलपुथलपर्ूण्ा जीवन कथा नियालिरहँदा दर्शकले आप\mनो आँखामा आँसु टप्काएको र ओठमा हाँसो फक्रिएको पत्तै पाउँदैनन् । कास्कीको ताङतिङ, क्लिसे र यस वरिपरिका सुन्दर बस्तीहरुमा छायाँकन गरिएको यस चलचित्र गुरुङ समाज र संस्कृतिसित नजिकिएको देखिन्छ ।
बाबुको भूमिकामा उत्रेका सुकलाल गुरुङको अजीव अभिनयले गुरुङ समुदायभित्र पनि कुशल कलाकार छन् भन्ने प्रस्टयाउँछ । जवानीका दिनहरु भारतीय सेनामा खर्चिएका ६९ वषर्ीय भूपू सैनिक सुकलालको अभिनय हर्ेदा लाग्छ उनीजस्ता थुप्रै सुकलालहरुको नेपाली चलचित्र क्षेत्रमा खाँचो छ ।
हुन त पाका निर्देशक लोकबहादुर गुरुङको खरिएको अनुभवले पनि यसलाई सफलताको शिखरमा पुग्न साथ दिएको हुनसक्छ । नाम्स्यो न्होरी -कुइरोभित्र), ङ्यो नासा टों -हाम्रो गाउँघर) र हेबर्ेट -लेकाली फूल)को निर्माण गरिसकेको लोकबहादुरको यो चौथो प्रस्तुति हो ।
गतवर्षनिर्माण सम्पन्न यस चलचित्र अधिराज्यका विभिन्न ठाउँमा पर््रदर्शन गरिसकिएको छ । ८ लाख रुपियँको लगानीमा निर्मित यस चलचित्रले अधिराज्यका कास्की, लमजुङका अतिरिक्त हङकङकमा गरिएको पर््रदर्शनबाट २२ लाख रुपिया“ कमाइसकेको छ । तेस्रो प्रस्तुति हेबर्ेटले भन्दा निकै राम्रो व्यापार गरेकाले आफूहरु निकै उत्साही भएको निर्देशक गुरुङ बताउँछन् । यसलाई अब अंग्रेजीमा पनि अनुवाद गर्ने सोचमा रहेको उनले जानाए ।
थुप्रै कठिनाइ हुँदाहुँदै पनि राम्रो चलचित्र निर्माण भएकोमा नायक श्याम गुरुङ खुसी व्यक्त गर्दछन्। चोंजस्तै चलचित्र निर्माण हुने हो भने गुरुङ चलचित्रका नायकहरु पनि व्यावसायिक बन्ने उनको आशा छ ।