“Welcome to visit tamumodel.blogsome.com" यसभित्रका स्तम्भहरुः- -"चों अर्थात् भाउजू-बुहारी" -"ED Holiday's Photos" -"गुरुङ संस्कृतिमा मेरो गाउ“ -"मोडेल"

December 13, 2005

“गुरुङ संस्कृतिमा मेरो गाउ“

Filed under: समचार


रोधी प्रोडक्सन हाउस प्रालिको दोस्रो प्रस्तुति गुरुङ भाषा र संस्कृतिमा आधारित नेपाली चलचित्र ङै नासा -मेरो गाउ“)को शनिबार राजधानीमा विशेष पर््रदर्शनी गरियो। सुभाष गुरुङको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा गुरुङ जातिको वर्तमान सामाजिक परिवेश उतारिएको छ। जसमा गुरुङ संस्कृति र गाउ“ले जनजीवनस“गै विदेशबाट अभिभावकले पठाएको पैसाले युवापि“ढीमा नकारात्मक प्रभाव पारेको विकृतिसमेत प्रस्तुत गरिएको छ ।

त्यसो त लाहुरेका श्रीमतीहरूले तास खेलेर समय बिताउने र अरू महिलालाई होच्याउनेजस्ता नकारात्मक प्रवृत्तिलाई समेटी चलचित्रले महिलाको भविष्यमाथि खेलबाड गर्नेमा पैसावाल पुरुषहरू भएकोसमेत चरितार्थ गरेको छ ।

स्याङ्जा जिल्लाको माझकोट, राम्चेमा छायांकन गरिएको सो चलचित्रले नेपालको प्राकृतिक सौर्न्दर्यलाई पनि मनै लोभ्याउने गरी प्रस्तुत गरेको छ। साथै स्थानीय चालचलन र रीतिरिवाजलाई पनि चलचित्रको कथामा ढालिएको छ ।

केश, विष्णु र रीता गुरुङको संयुक्त लगानीमा निर्मित सो चलचित्रमा कलाकारहरू सुभाष गुरुङ, सन्तोक, लक्ष्मी, अनिता, पदम, तेजा, तीनदेवी, रीता, ध्वाज गुरुङको अभिनय रहेको छ भने हास्य भूमिकामा दीप शाही र प्रकाश जोशी प्रस्तुत भएका छन्। पोखरा, स्याङ्जा र बुटवलमा समेत पर््रदर्शन भइसकेको सो चलचित्रमा ध्वाज गुरुङको नृत्यनिर्देशन र रवीन्द्र बरालको द्वन्द्वनिर्देशन रहनुका साथै आगु लामाको संगीत र पदम गुरुङको व्यवस्थापन रहेको छ।

Comments »

The URI to TrackBack this entry is: http://tamumodel.blogsome.com/2005/12/13/p6/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Web Editor:Youb Raj Tamu URL: http://tamumodel.blogsome.com, Email: rajtamu05@yahoo.com, Contact Mobile#00966 0502596048 Office#00966 03 576 2241

Visitors
Free Hit Counter
Sony Style.com